१६ बैशाख, २०८१ आइतबार

05:38:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली बजारमा फोर्स गुर्खाको विक्रि सुरु

Nepal Business

११ चैत, २०७८

नेपाली बजारमा फोर्स गुर्खाको विक्रि सुरु

काठमाण्डौं–फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी फोर्स गुर्खाको नेपाली बजारमा विक्री सुरु गरेको छ।

‘नेपालको बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी गर्दैछौँ’,आयाम इन्टरकन्टिनेन्टल प्रा.लिका अध्यक्ष ध्रुव थापाले भन्नुभयो।

आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो। ‘ग्राउण्ड अपमोडुल र आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्ने कम्पनीले जनाएको छ।

लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको कम्पनीले जनाएको छ । यसमा चार जना यात्रुका लागि क्याप्टेनसिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एलबो रुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित २६०० सिसिइन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन बिना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन,  ३५ डिग्रीको उकालो चढ्नर ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने कम्पनीको दावी छ। 

यस्तै यसमा रहेको एअर इन्टेकस्नोर्कल र चारै पाङ्ग्रामा भएकोले पनि अन्यभन्दा विशेष प्रकारको रहेको छ। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ।

ग्राहकहरुले चारपटकसम्म निः शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने कम्पनीको दावी छ।