१९ बैशाख, २०८१ बुधबार

09:38:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपतिको शीतकालीन ओलम्पिक उद्घाटन समारोहमा भाग लिने इच्छा

१ पुस, २०७८

चीनको कथित मानवअधिकार उल्लंघनको बढ्दो आलोचनाका बीच अमेरिकाको नेतृत्वमा रहेको कूटनीतिक बहिष्कारसँगै आर्थिक हिसाबले चीनमा धेरै भर परेको अमेरिकी सहयोगी जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ ।

राष्ट्रपतिको शीतकालीन ओलम्पिक उद्घाटन समारोहमा भाग लिने इच्छा


काठमाण्डौं, पुस १
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गर्नुभएको छ । पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा उक्त इच्छा व्यक्त गर्नुभएको हो । 
राष्ट्रपति पुटिनको टिप्पणी संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता केही अन्य प्रजातान्त्रिक देशहरूले अर्को वर्ष फेबरुअरीमा हुने बेइजिङ खेलको कूटनीतिक बहिष्कार गर्न चाहेको बेला आएको क्योडो न्यूजले उल्लेख गरेको छ । “मलाई आशा छ कि हामी अन्ततः अर्को फेबरुअरीमा बेइजिङमा प्रत्यक्ष भेट्न सक्षम हुनेछौ ं। हामीले पहिले नै सहमति गरेझैं हामी शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिनु अघि वार्ता गर्नेछौं,“ पुटिनले सीलाई भन्नुभएको छ । 
चीनको कथित मानवअधिकार उल्लंघनको बढ्दो आलोचनाका बीच अमेरिकाको नेतृत्वमा रहेको कूटनीतिक बहिष्कारसँगै आर्थिक हिसाबले चीनमा धेरै भर परेको अमेरिकी सहयोगी जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ । यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र लिथुआनियाले पनि बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए । क्यानडा खेल बहिष्कार गर्ने पाँचौं देश बनेको छ ।