२ जेठ, २०८१ बुधबार

02:03:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिक्ने होइन त सीप ? भोलीदेखि सुरु ‘स्किल वीक’

६ चैत, २०७८

सिक्ने होइन त सीप ? भोलीदेखि सुरु ‘स्किल वीक’

काठमाण्डौं–के तपाई सीप सिकेर स्वरोजगार या उद्यमी बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने सीप सप्ताहा ‘स्किल वीक’सञ्चालन हुँदैछ। ग्लोकल प्राइभेट लिमिटेड अन्तर्गतको ग्लोकल आफ्टर स्कुलले ‘स्किल वीक’ चैत ७ देखि १३ (२१ मार्चदेखि २७) गतेसम्म सञ्चालन गर्न लागेको हो। 

यस सीप सप्ताहा कार्यक्रममा १६ देखि ३० वर्षकाले निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन्। यस कार्यक्रमबाट सीप विकासबारे जानकारी दिन सकिन्छ। यो युवाहरुका लागि खुला मञ्च भएको ग्लोकल प्राइभेट लिमिटेडका कार्यकरी निर्देशक आशिष ठाकुरले जानकारी दिनुभयो।

उहाँहले सीप सम्बन्धि कार्यक्रमहरु विभिन्न ठाउँमा भइरहेको बताउनुभयो । अगामी दिनमा सीप विकासका कार्यक्रमहरु देशका कुना–कुनामा पुर्याउने पनि जानकारी दिनुभयो। 

यस कार्यक्रममा युवाहरुले कला र संस्कृति, उद्दमशिलता, पर्यटन तथा आतिथ्यर विज्ञान तथा प्रविधिका बारेमा जानकारी दिन सक्नेछन्। उहाँका अनुसार कार्यक्रमका मुख्य विशेषताहरु छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरन्जन रहेका छन।

एक सप्ताहा चल्ने कार्यक्रममा विभिन्न संघसंस्थाद्वारा अनलाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ। २६ मार्चमा ‘स्किल फेस्ट’ नामक  कार्यक्रम ‘एश इन्स्टिच्युट अफ म्यानेजमेन्ट’मा सञ्चालन गरिने ग्लोकले जनाएको छ।

यस्तै २७ मार्चमा ‘सिइओ अनप्लग्ड २०२२’ कार्यक्रम रहेको छ। यो एक फोरम हो । जहाँ व्यापारका चुनौती अवसर, र प्रयोगत्मक शिक्षाको महत्वका बारेमा जानकारी दिनुका साथै नवआगन्तु उद्यमीलाई मार्गनिर्देशन प्रदान गरिने कम्पनीले जनाएको छ। सोही दिन सीपको क्षेत्रमा योगदान दिएका ४ जना व्यक्तिहरुलाई पुरस्कार दिइनेछ।