३० चैत, २०८१ शनिबार

09:24:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अष्ट्रेलियामा सामाजिक काममा जुटे नेपाली, रगत अभाव हुन नदिन रक्तदान

Nepal Business

५ चैत, २०७८

अष्ट्रेलियामा सामाजिक काममा जुटे नेपाली, रगत अभाव हुन नदिन रक्तदान

अष्ट्रेलिया । जन्म थलो नेपाल भएर कर्म थलो अष्ट्रेलिया बनाएका नेपालीहरु अष्ट्रेलियामा विभिन्न सामाजिक काममा सक्रिय भईरहेका छन् ।

नेपाली समुदायका लागि मात्र हैन अष्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्यमार्फत सहयोग गरिरहेका नेपाली समुदायले रक्तदान कार्यक्रम मार्फत रगत अभाव कम गर्न सहयोग गरेका छन् । 

जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्राकृतिक विपदका कारण रगत अभाव नहोस भनेर रुपन्देही सामाजिक सञ्जालले गरेको गरेको यो कामको प्रशंसा गर्नुभयो 

रुपन्देही सामाजिक सञ्जालको आयोजना र नेप्लिज ब्लड डोनर्स एसोशियसन अष्ट्रेलियाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने १० जनाले रगत दान गर्नुभएको छ । 

एक विशेष कार्यक्रमका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा सज्जन उप्रेती, विष्णु हमाल र भूपाल सिटौलाले प्लाज्म दान गर्नुभएको थियो । यसैगरी पदम अधिकारी, प्रदिप खनाल, विशाल भण्डारी, रञ्जिता भण्डारी, ज्योती खड्का, दिल खड्का, राजेश तिमल्सिना, मुक्ती पोख्रेल, बासु खरेल, विक्रम खरेलले रक्तदान गर्नुभएको थियो । 

रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्ती पोख्रेलको अध्यक्षता र सञ्जालका महासचिव रञ्जिता भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई कार्यक्रमका संयोजक एंव सञ्जालका सचिव रवि केसीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथी प्रकास पार्नुभएको थियो ।

उक्त कार्यक्रममा अष्ट्रेलियामा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरुको छाता संगठन फेन्काका उपाध्यक्ष विष्णु हमाल, अन्तराष्ट्रि नेपाली रक्तदाता संघका केन्द्रीय सदस्य विनोद मैनाली, नेपाली रक्तदाता संघ अष्ट्रेलियाका अध्यक्ष भूपाल सिटौला, सञ्जालका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उहाँहरुले जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्राकृतिक विपदका कारण रगत अभाव नहोस भनेर रुपन्देही सामाजिक सञ्जालले गरेको गरेको यो कामको प्रशंसा गर्नुभयो । 
समितिले अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने अध्यक्ष मुक्ती पोख्रेलले बताउनुभयो । 

कार्यक्रम सम्पन्न गर्न सचिव एंव कार्यक्रम संयोजक रवि केसी सहित दिल खड्का र राजन खड्काले भूमिका निर्वाह गर्नुभएको थियो । अष्ट्रेलियामा रगत अभाव भईरहेको अवस्थामा रुपन्देही सामाजिक सञ्जालले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा सञ्जालका कार्यसमिती सदस्य, पदाधिकारी एंव विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिती रहेको थियो ।