२४ बैशाख, २०८१ सोमबार

07:17:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्व सचिव भुसालको पुस्तक सार्वजनिक, इतिहास, राजनीति तथा जनप्रशासन मुख्य विषय

Nepal Business

४ चैत, २०७८

भुसालको पुस्तकमा गुल्मी, अर्घाखाँची र पाल्पाका विभिन्न राज्यहरुको संक्षिप्त परिचय र इतिहास समेटिएको छ ।

पूर्व सचिव भुसालको पुस्तक सार्वजनिक, इतिहास, राजनीति तथा जनप्रशासन मुख्य विषय

काठमाण्डौ । नेपाल सरकारका पूर्व सचिव युवराज भुसालको हाम्रो भौगोलिक इतिहास नामक पुस्तक सार्वजनिक भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गर्नुभएको हो । भुसालको पुस्तकमा गुल्मी, अर्घाखाँची र पाल्पाका विभिन्न राज्यहरुको संक्षिप्त परिचय र इतिहास समेटिएको छ ।

यसैगरी नेपालका विभिन्न कालखण्डका बारेमा समेत पुस्तका विभिन्न जानकारीहरु समेटिएको छ । सृष्टिचक्र, आर्यावर्त राज्इ, चन्द्रवंशी राज्य, आर्यावर्त नरेश विश्वरच, र ब्रह्मर्षि विश्वामित्रका सन्तान लगाएतका जानकारी पुस्तकमा पढ्न पाईन्छ ।

यसैगरी भुसालले आफ्नो पुस्तकमा कान्यकुब्ज, खस साम्राज्य, खस साम्राज्य, स्वतन्त्र अर्घा राज्य लगाएतका बारेमा समेत जानकारी समेट्नुभएको छ । 

उहाँको पुस्तकमा अर्घा, खाँची, धुरकोट, मुसिकोट, गल्मी, चन्द्रकोट, इस्मा, प्यूठान, पाल्पा, पैञुँकोट लगाएतका विषयलाई समेटिएको छ । यसैगरी उहाँले पुस्तकमा भुसालवंशको इतिहास र अहिलेको अवस्थाका बारेमा समेत पुस्तकमा उल्लेख गर्नुभएको छ । 

नेपालको जनप्रशासनमा लामो समय काम गर्नुभएका पूर्व सचिव भुसालले आफ्नो पुस्तकमा नेपालको राजनीति तथा प्रशासन, सामाजिक परिवेश, आर्थिक अवस्था, विद्युत, यातायात तथा सञ्चारको उपयोग लगाएतका विषयलाई पनि गहन ढंगबाट समेट्दै विश्लेषण गर्नुभएको छ । 

पुस्तक विमोचन कार्यक्रममा नेपाल सरकारका उच्च पदस्त अधिकारी, प्रध्यापक, विश्लेषक, साहित्यकार, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

गुल्मीको पुर्कोटमा जन्मनुभएका भुसालले नेपाल सरकारको अर्थ सचिवबाट अवकासप्राप्त गर्नभएको थियो । उहाँसंग राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको प्रमुख भएर समेत काम गरेको अनुभव छ ।