७ मंसिर, २०८१ शुक्रबार

02:25:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मलेसियामा कोभिड संक्रमित बढ्दैः २४ घण्टामा २७ हजार संक्रमित, ८६ जनाको मृत्यु

४ चैत, २०७८

मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना संक्रमित भएका छन् ।

मलेसियामा कोभिड संक्रमित बढ्दैः २४ घण्टामा २७ हजार संक्रमित, ८६ जनाको मृत्यु

सिन्ह्वा
मलेसियामा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।सिन्ह्वाका अधिकारीहरुले दिएको जानकारी अनुसार मलेसियामा गएको २४ घण्टा कम्तीमा पनि २७ हजार ४ जना संक्रमित थपिएका छन् ।

यो समेत मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना संक्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले पछिल्लो २४ घण्टामा मात्र ८६ जना संक्रमितको मृत्यु भएको जनाएका छन् । यो सँगै अहिलेसम्म मलेसियामा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि संक्रमिततहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन् ।