१७ बैशाख, २०८१ सोमबार

04:07:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आत्महत्यको कारण : मानसिक समस्या र लागुपदार्थ सेवन

Nepal Business

२९ मंसिर, २०७८

आत्महत्यको कारण  : मानसिक समस्या र लागुपदार्थ सेवन

रुकुम पूर्व, २९ मंसिर । अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । जीवन जिउने तरिकाको खोजीमै तल्लिन हुन्छन् । मान्छे मृत्युदेखि सधैँ डराइरहेको हुन्छ । जिन्दगीको प्रत्येक पाइलामा पनि कतै मृत्युसँग ठोक्किन पुग्छु की भन्ने डर हुन्छ, मानिसलाई ।

अरुबेलामा ज्यानको त्यति ख्याल नगर्ने मान्छे पनि बिरामी हुँदा आफ्नो स्वास्थ्य अर्थात् जीवनलाई लिएर निकै संवेदनशील देखिन्छन् । मर्नुभन्दा बौलाउनु बेस भन्ने उखान त सुन्नुभएकै होला । मानिस मर्न चाहँदैनन्, बरु बौलाह बनेर भए पनि एक बारको जीवनलाई पूर्ण भोग गर्न रुचाउँछन् । 

जन्मपछि मृत्यु अवश्य छ । जन्मेदेखि मृत्युअघिसम्मको समयमा आफू मरेर गए पनि आफूले छाडेका कुरा कहिल्यै नमरुन भन्ने चाहना राख्दछन् । तर, केही वर्षयताको तथ्याङ्क हेर्ने हो भने रुकुम ९पूर्व० मा आफ्नो ज्यान आफैँ फाल्नेको कमी छैन । प्रहरीको विवरणअनुसार जिल्लामा आत्महत्याका घटनना बढ्दै गएको पाइएको छ । आत्महत्याको मुख्य कारण भनेको यस जिल्लामा मानसिक समस्या, लागुऔषधको सेवन देखिएको छ । यससँगसँगै मादक पदार्थ सेवन, गरिबी, पारिवारिक बेमेललगायत पनि आत्महत्याका प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व० का प्रहरी नायब उपरीक्षक, डिएसपी गनेशबहादुर श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा हुने गरेको आत्महत्याका कतिपय घटनामा कस्तो पनि देखिएको छ भने द्वन्द्वकालको सामना गरी आएका कतीपयले त्यति बेलाको लडाइँसँगै आँखै अगाडि मान्छे मारेको घटना अगाडि आइरहने र मान्छे मारौमारौ लाग्ने खालको विचार मनमा उत्पन्न भइरहने र अरुलाई मार्नुभन्दा म आफँै मर्छु भनेर सुसाइड नोट लेखी आत्महत्या गरेकोसमेत पाइएको छ । 

 

रुकुम ९पूर्व० जनयुद्धको आधार इलाका पनि हो । यहाँ द्वन्द्वमा परेका थुप्रै मानिस छन् । यस्तै मानिसका बढ्दो आकांक्षा, नैरास्यतालगायत कारणले पनि मान्छले आत्महत्याको बाटो रोजिरहेका छन् । जिल्लामा भइरहेका घटनाको अवस्था हेर्दा यिनै कारण देखिए पनि यसलाई अझ गहिरोरूपमा अध्ययन गर्न आवश्यक रहेको भनाइ डिएसपी श्रेष्ठको छ ।

 

सिङ्गो रुकुम टुक्रिएर पूर्व र पश्चिम भई रुकुम ९पूर्व० बाटै प्रशासनिक कार्य सुरु गरेको आर्थिक वर्षदेखि अहिलेसम्मको अवधिमा जिल्लामा ४५ ले आत्महत्या गरेका छन् । रुकुम ९पूर्व० मा जिल्ला प्रहरी कार्यालय स्थापना भएको पहिलो आर्थिक वर्ष २०७४÷७५ मा एक जनाले आत्महत्या गरेको श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आर्थिक वर्ष २०७४÷७५ को माघमा मात्र रुकुम ९पूर्व० मा जिल्ला प्रहरी कार्यालय स्थापना भएको थियो । यसैगरी दोस्रो आर्थिक वर्ष २०७५÷७६ मा नौ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा पनि नौ जनाले आत्महत्या गरेको उहाँले बताउनुभयो ।

 

उहाँका अनुसार आर्थिक वर्ष २०७७र७८ मा १७ जनाले आत्महत्या गरेका छन् भने चालु अर्थात् आव २०७८र७९ को छ महिनाको अवधिसम्मा नौ आत्महत्याको ‘केस’ सार्वजनिक भएका छन् । अहिलेसम्मको घटना विवरणलाई हेर्दा जिल्लाको अन्य दुई गाउँपालिका सिस्ने र पुथाउत्तरगङ्गाको तुलनामा भूमे गाउँपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना हुने गरेको प्रहरीले जनाएको छ । सानो जिल्लामा भइरहेको यो आत्महत्याको घटनाको यो अवस्थालाई हेर्ने हो भने अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

डिएसपीका आनुसार जुनसुकै परिवारमा पारिवारिक बेमेल हटाई पारिवारिक सन्तुलन कायम राख्न सकेमा, मानसिक समस्या भएका मानिसलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार परिवर्तन गर्न सकेमा, उनीहरूलाई राम्रोसँग काउन्सिलीङ गर्न सकेमा आत्महत्याका घटनामा कमी आउने देखिन्छ । यस्तै स्थानीय सरकारले गरिबीको रेखामुनि रहेका परिवारको र मानसिक समस्या भएकाको विवरण सङ्कलन गरेर उनीहरूलाई सोहीअनुसार व्यवस्थापन गर्नसकेमा पनि आत्महत्याका घटनामा कमी ल्याउन ठूलो मदत पुग्ने डिएसपी श्रेष्ठले बताउनुभयो । रासस