२१ बैशाख, २०८१ शुक्रबार

11:51:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खल्तीको १०० प्रतिशत क्यासब्याक अफर

Nepal Business

३ चैत, २०७८

डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।

खल्तीको १०० प्रतिशत क्यासब्याक अफर

काठमाण्डौं

डिजिटल भुक्तानी सेवा खल्तीले ईएमआई भुक्तानीमा शतप्रतिशत क्यासब्याक जित्ने अफर ल्याएको छ । खल्तीबाट ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले शत प्रतिशत क्यासब्याक फिर्ता पाउन सक्ने खल्तीले जानकारी दिएको हो ।

यो अफर चैत ३० गतेसम्म लागु हुनेछ । यस अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्ल्यू प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्ने छन्। 

यस सुविधाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बताउनुभयो । डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।

पाँच हजारमाथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।

खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।