२५ बैशाख, २०८१ मंगलबार

03:45:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर सहजिकरणका लागि आन्तरिक राजश्व विभागसँग नाडाको आग्रह

Nepal Business

३ चैत, २०७८

उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरि सो बिलमा एच.यस. कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनाधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने धारणा राख्नुभयो ।

कर सहजिकरणका लागि आन्तरिक राजश्व विभागसँग नाडाको आग्रह

काठमाण्डौं

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले कर सहजिकरणका लागि सरकारसँग माग गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाले सवारी साधन बिक्रि गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिबृद्धि करको बिल विजक काट्न ढिलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुरा जानकारी गराउदै सो व्यवहारिक कठिनाईको सहजिकरणका लागि आग्रह गर्नुभएको हो । 

अध्यक्ष थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेशकुमार शाक्यसँग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको नाडाले जानकारी दिएको हो । 

यस्तै अध्यक्ष थापाले नाडाले निकट भविष्यमा सातै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गर्नुभयो ।

सो छलफलमा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरि सो बिलमा एच.यस. कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनाधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने धारणा राख्नुभयो ।

त्यसैगरी महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल व्यवसायीहरुलाई मूल्य अभिबृद्धिकरमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाईका साथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्देे अनलाइन पेमेन्टको व्यवस्थाका लागि समेत आग्रह गर्नुभयो । 

महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्य कै समस्या भएको, सवै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताउनु हुदै नाडाले बजेट सुझावमा आवश्यक सबै सुझावहरु राखिदिन आग्रह समेत गर्नुभयो ।

त्यसैगरी सो छलफलमा उपमहानिर्देशक अर्र्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले बिल विजकहरु छिटोभन्दा छिटो काट्ने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।