२२ बैशाख, २०८१ शनिबार

04:22:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

“विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ” - अर्थमन्त्री जनार्दन शर्मा

Nepal Business

२९ मंसिर, २०७८

अर्थ मन्त्री शर्माले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरुलाई उपलब्ध गराउनु पर्ने बताउनु भयो । विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ, किनभने एकातिर विद्युत खेर गइरहेको छ, अर्को तिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृिष्ट हुन पाएको छैन ।

“विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ” - अर्थमन्त्री जनार्दन शर्मा


काठमाण्डौं, मंसिर २९
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बताउनु भएको छ । उहाँले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनु भएको छ ।
अर्थ मन्त्री शर्माले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरुलाई उपलब्ध गराउनु पर्ने बताउनु भयो । विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ, किनभने एकातिर विद्युत खेर गइरहेको छ, अर्को तिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा  रोजगारी सृिष्ट हुन पाएको छैन ।
विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियत उपलब्ध गराउनु पर्नेमा जोड दिनु भएको हो । यसले मुलुकलाई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने  उहाँले विश्वास व्यक्त गर्नुभयो । निति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिनु भयो ।
निजी क्षेत्रले मुलुकको ग्राहस्था उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै मन्त्री शर्माले निजी क्षेत्रकै सुझाव अनुसार आगामी नीति तय गरिने पनि बताउनु भयो ।