३० फागुन, २०८१ शुक्रबार
01:53:09 PM
१ चैत, २०७८
काठमाण्डौं
गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताउनु भएको छ। उपभोक्ता मँहगीमा पर्नुको कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताउनु भयो ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नु पर्ने हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।
औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उहाँले उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेको बताउनु भयो ।