१५ चैत, २०८० बिहिबार

11:15:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्यार्थीलाई उद्यमी बनाउन नेपाल विजनेश र काठमाण्डौं विजनेश क्याम्पसले अभियान सञ्चालन गर्ने

१ चैत, २०७८

विद्यार्थीलाई उद्यम, व्यवसायतर्फ आकर्षित गर्दै आईडिया र एक्सनबीचको ग्याप कम गर्ने, व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीका लागि विजनेश टिप्सहरु प्रदान गरि स्वरोजगार बनाउन सहयोग गर्ने

विद्यार्थीलाई उद्यमी बनाउन नेपाल विजनेश र काठमाण्डौं विजनेश क्याम्पसले अभियान सञ्चालन गर्ने

काठमाडौं । विद्यार्थीलाई व्यवसाय र उद्यमसंग जोड्न नेपाल विजनेश डटकम र काठमाण्डौ विजनेश क्याम्पसबीच सहकार्य हुने भएको छ ।

नविनतम सोच, प्रविधि र सीपयुक्त जनशक्ति तयार गर्न व्यवसायिक प्रवद्र्धन कार्यक्रमको फ्रेमवर्क तयार गरी एक बर्षसम्म निरन्तर मेन्टरसीप प्रदान गर्ने समझदारी भएको हो । समझदारीमा मङगलवार नेपाल बिजनेश डटकमकातर्फबाट प्रमुख कार्यकारी अधिकृत विशाल गैरे र काठमाडौं बिजनेश क्याम्पसकातर्फबाट बित्तिय निर्देशक अच्युत अधिकारीले संयुक्तरुपमा हस्ताक्षर गनुभयो ।

विद्यार्थीलाई उद्यम, व्यवसायतर्फ आकर्षित गर्दै आईडिया र एक्सनबीचको ग्याप कम गर्ने, व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीका लागि विजनेश टिप्सहरु प्रदान गरि स्वरोजगार बनाउन सहयोग गर्ने, नीतिगत र कार्यक्रमगतरुपमा सरोकारवालाहरुबीच परिसंवाद सञ्चालन गर्ने, काठमाडौं विजनेश क्याम्पसमार्फत सञ्चालन भएका कार्यक्रम र स्टाटअर्प उद्यमहरुलाई सिकाई केन्द्रका रुपमा अगाडि बढाउने, देशभरका उद्यमीहरुको अनुभव आदान प्रदान र उत्प्रेरणादायि विषयहरुलाई आम दर्शक स्रोतासम्म पुर्याउन पहल गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । 

समझदारी पत्रमा हस्ताक्षर समारोहमा सहभागी काठमाडौं बिजनेश क्याम्पसका प्रमुख कार्यकारी अधिकृत नरेश प्रसाद श्रेष्ठ र नेपाल बिजनेश डटकमका सञ्चालक संगम महतले उद्यमशीलता प्रवद्र्धन, विकास र विस्तारमा सहकार्य जारी राख्ने बताउनु भयो । 

व्यवसाय प्रवद्र्धन र आर्थिक सफलता एंव समृद्धिका लागि पत्रकारीताको माध्ययमबाट पैरवी गर्दै आएको नेपाल विजनेश डटकमले विभिन्न क्षेत्रमा आर्थिक सवलताको पक्षमा वकालत गर्दै आएको छ ।