१४ बैशाख, २०८१ शुक्रबार

08:02:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्टार्टअप उद्यमका लागि नेपाल बिजनेश र युनिग्लोव कलेजले एक बर्षसम्म सहकार्य गर्ने

२ चैत, २०७८

विभिन्न तहका विद्यार्थीहरुलाई व्यवसायसंग जोड्दै उद्यमी बनाउ सहयोग पुर्याउन नेपाल विजनेश र कलेजले संयुक्त रुपमा विजेश संवादहरु सञ्चालन गर्ने

स्टार्टअप उद्यमका लागि नेपाल बिजनेश र युनिग्लोव कलेजले एक बर्षसम्म सहकार्य गर्ने

काठमाण्डौ । नेपाल विजनेश डटकम र यूनिग्लोव कलेजले उद्यमशीलताको अभिवृद्धि गर्दै युवा विद्यार्थीहरुलाई स्वरोजगार बनाउन स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन गर्ने भएका छन् । 

ब्यवस्थापन संकायमा अध्ययन गर्ने बिबिए र एमबिए तहका बिद्यार्थीलाई लक्षित स्टार्टअप उद्यम, उद्यमशीलताका चुनौती र अवशर, बित्तिय साक्षरता, सरकारको निति, कार्यक्रम र अन्तराष्ट्रियस्तरमा भइरहेका सकारात्मक उद्यमबारे परिसंवाद आयोजना गर्ने, पिएसएहरु निमार्ण गर्ने, बिद्यार्थीहरुका आइडिया र लगानीकर्ताबिच अनुभव आदानप्रदान र नेटवकीङ प्रदान गर्ने समझदारी पत्रमा उल्लेख छ ।

युनिग्लोव कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुले अगाडि बढाएका स्टार्टअप उद्यम लगायतका व्यवसायलाई सहयोग पुग्ने विषयमा केन्द्रीत भएर वर्षभरी विभिन्न  कार्यक्रम सञ्चालन गरिने 

बुधबार नेपाल बिजनेश डटकमकातर्फबाट प्रमुख कार्यकारी अधिकृत विशाल गैरे र यूनिग्लोव कलेजकातर्फबाट प्रवन्ध सञ्चालक डा. नरबहादुर बिष्टले संयुक्तरुपमा हस्ताक्षर गर्नुभयो । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त युनिग्लोव कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुले अगाडि बढाएका स्टार्टअप उद्यम लगायतका व्यवसायलाई सहयोग पुग्ने विषयमा केन्द्रीत भएर वर्षभरी विभिन्न  कार्यक्रम सञ्चालन गरिने सम्झौतामा भनिएको छ ।

यूनिग्लोव कलेजका प्रवन्ध सञ्चालक डा. नरबहादुर बिष्टले विद्यार्थीहरुको क्षमता र दक्षता पहिचान गरी सोही अनुसारको काममा लगाउन यस प्रकारको कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनुभयो । उँहाले विभिन्न तहका विद्यार्थीहरुलाई व्यवसायसंग जोड्दै उद्यमी बनाउ सहयोग पुर्याउन नेपाल विजनेश र कलेजले संयुक्त रुपमा विजेश संवादहरु सञ्चालन गर्ने बताउनुभयो ।

विष्टले व्यवस्थापन विषय पढिरहेका विद्यार्थीहरुका लागि विजनेश टिप्सहरु प्रदान गर्ने, अनुभव आदान प्रदान मार्फत युवाहरुलाई व्यवसायमा लाग्न उत्प्रेरणा जगाउने लगायतका काममा नेपाल विजनेशको साथ सहयोग रहने बताउनुभयो । 

नेपालको शिक्षालाई उत्पादन र स्वरोजगारसंग जोड्ने कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिदै नेपाल विजनेश डटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नेपालको आर्थिक विकासका लागि युवाहरुलाई उद्यमी बनाउनुपर्ने भनाई राख्नु भयो । आगामी दिनमा निरन्तर सहकार्यको समेत अपेक्षा गर्नुभयो । 

नेपालमा उद्यमशीलताको विकास र अभ्यासमा केन्द्रीत रहेर नेपाल विजनेश डटकमले आफ्ना सामग्रीहरु निर्माण एंव प्रकासन गर्दै आएको छ । समझदारी कार्यक्रममा नेपाल बिजनेश डटकमका सम्पादक संगम महत र कलेजकातर्फबाट बित्त तथा प्रशासन प्रमुख मिन बहादुर बिष्टलगायतको उपस्थीति रहेको थियो ।