७ मंसिर, २०८१ शुक्रबार
02:16:22 AM
२९ फागुन, २०७८
युरोपेली युनियनले धेरै रुसी अर्बपतिहरुमाथि प्रतिबन्ध लगाएको छ ।
रोम
रुस र युक्रेन युद्धशुरु भएसँगै विश्वमा एक अर्का देशबीच प्रतिबन्ध लागिरहेको बेला इटालीमा रुसी धनाढ्यको जहाज जफत भएको छ । ५३ करोड युरो मूल्यबराबरको विलासी पानीजहाज जफत गरेको इटालीका सरकारी अधिकारीहरुले बताएका छन् ।
उक्त पानीजहाज रुसी अर्बपति एन्ड्रे मेल्निचेन्कोको रहेको बताइएको छ । उक्त जहाज १ सय ४३ मिटर लामो रहेको छ । यसलाई विश्वकै ठूलो सुपरयाट मानिन्छ । उत्तरी इटालीको ट्रायस्टा बन्दरगाहमा उक्त सुपरयाट जफत गरिएको इटालीका प्रधानमन्त्री मारियो ड्राघीले बताउनु भयो ।
जहाज १ सय ४३ मिटर लामो रहेको छ । यसलाई विश्वकै ठूलो सुपरयाट मानिन्छ ।
युरोपेली युनियनले धेरै रुसी अर्बपतिहरुमाथि प्रतिबन्ध लगाएको छ । योसँगै धेरै युरोपेली देशहरुले रुसी धनाढ्यका जहाजदेखि अन्य सम्पत्ति जफतसम्मलाई जारी राखेका छन् ।
गत हप्तामात्रै फ्रान्सेली सरकारी अधिकारीहरुले रुसी अर्बपति इगोर सेचिनको ८८ मिटर लामो विलासी पानीजहाज जफत गरेको थियो ।
मेल्निचेन्को एक उद्योगी हुनुहुन्छ । रुसको मल, कोइला, ऊर्जा क्षेत्रमा धेरै ठूलो परिमाणमा सेयर लगानी छ । उनलाई युरोपेली संघले यही हप्ताको सुरुतिर कालोसूचीमा राखेको थियो ।