९ मंसिर, २०८१ आइतबार
04:06:06 PM
२७ फागुन, २०७८
अन्तराष्ट्रिय कानूनको उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो
सिन्ह्वा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तराष्ट्रिय कानूनको उल्लङ्घनलाई रोक्न अन्तराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा अन्तराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
रुस–युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताउनु भएको छ । रासस