२२ बैशाख, २०८१ शनिबार

03:19:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौंका दश व्यवसायी कार्वाहीमा, ५० हजार जरिवाना

Nepal Business

२८ मंसिर, २०७८

अनुगमनको क्रममा टोलीले खाद्य सम्बन्धि तीन व्यवसायी, मदिरा तथा सुर्तिजन्य एक, रेडिमेड तथा थान कपडा एक, दुई हार्ववेयर र अन्य तीन गरी दशवटा व्यवसायीको अनुगमन गरेको हो ।

काठमाण्डौंका दश व्यवसायी कार्वाहीमा, ५० हजार जरिवाना


काठमाण्डौं, मंसिर २८
नेपाल सरकार आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सोमवार दशवटा व्यवसायीहरुको अनुगमन गरेको छ । 
अनुगमनको क्रममा टोलीले खाद्य सम्बन्धि तीन व्यवसायी, मदिरा तथा सुर्तिजन्य एक, रेडिमेड तथा थान कपडा एक, दुई हार्ववेयर र अन्य तीन गरी दशवटा व्यवसायीको अनुगमन गरेको हो । 
ती मध्ये आठवटालाई जरिवाना गरिएको छ भने एउटालाई सामान्य निर्देशन र एउटालाई कागजात सहित तीनदिन भित्र उपस्थित हुन निर्देशन दिएको छ । 
अनुगमन गरिएका मध्ये एउटामा वस्तु नै नष्ट गरियो भने आठवटा व्यवसायीबाट रु ५० हजार बराबरको रकम जरिवाना गरिएको दैनिक बजार अनुगमन टोली प्रमुखले बताएनु भयो ।