७ मंसिर, २०८१ शुक्रबार
02:50:25 AM
२६ फागुन, २०७८
रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भब छ ।
लन्डन
रुसमाथि गरिएको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले बताउनु भएको छ ।
पेट्रोलियम पदार्थ निर्यातमा रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्नुपर्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताउनु भयो। उहाँले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भन्नुभयो, ‘यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्ने विश्वको क्षमता हो ।
रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भब छ । यी प्रतिबन्धलाईउहाँले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भन्नुभएको छ ।
बुधबार बिहानसम्म तेलको अभाव देखिएको छैन, तर रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा ७० देखि ८० लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहन्छ उहाँले भन्नुभयो ।
बारकिन्डोले राष्ट्रसंघको लक्ष्य अनुरूप सबैलाई भरपर्दो, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भने, तेल र भू–राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि हामी ऊर्जालाई राजनीतिकरण गर्न सक्दैनौं ।
संयुक्त राज्य अमेरिकाले साउदी अरब पछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार फेरि तेलको मूल्य बढेको छ ।