१५ बैशाख, २०८१ शनिबार

09:29:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशमा ज्यान नेपालमा ध्यान, झापाली समाज अष्ट्रेलियामा नयाँ नेतृत्व

२३ फागुन, २०७८

विदेशमा ज्यान नेपालमा ध्यान, झापाली समाज अष्ट्रेलियामा नयाँ नेतृत्व

मुक्तिराम पोख्रेल। सिड्नी ।

अस्टेलिया रहेर सामाजिक कार्यमा सक्रिय झापा स्थायी बसोवास भएकाहरुको संस्था झापाली समाज अस्ट्रेलियाको १०औ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

आईतबार सम्पन्न समाजको अधिवेशनले निराजन प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा ज्वलन्त (निरज खतिवडा), सचिवमा तिर्थराज कार्की, सहसचिवमा प्रकाश पौड्याल, कोषाध्यक्षमा नोदन क्षेत्री, भिक्टोरियाको अध्यक्षमा सुशान्त ओली सर्वसम्मत चयन भएको समाजका निवर्तमान अध्यक्ष उमेश पोखरेलले जानकारी दिनुभयो । 

त्यस्तै सदस्यहरुमा ऋषिराज दाहाल, अमित श्रेष्ठ, अशोक ओली र राजु भेटवाल चयन हुनुभएको छ । राजन सिटौला, दिपक चुदाल र अजय राजवशींको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गर्दै नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएको थियो ।

अधिवेशनको अवसरमा निवर्तमान अध्यक्ष उमेश पोखरेलले समाजले २०१९ देखि २०२१ सम्म आफ्नो कार्यकालमा गरेका विभिन्न गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । झापाली समाजले गृह जिल्ला लगायत देशका विभिन्न स्थानमा कोभिड संक्रमण लगायतका अन्य विपदहरुमा निरन्तर सहयोग गरेको बताउँदै आगामी दिनमा पनि नेपालमा सामाजिक सामुदायिक काम गर्दै जाने बताएको छ । 
कार्यक्रममा नवनिर्वाचित कार्यसमिति अध्यक्ष निराजन प्रसाईले आफुलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफुले पुराना कामहरुलाई यथावत राखेर प्रमुखःत समाज भित्र अझै धेरै झापाली युवाहरुलाई जोड्ने प्रयत्न गर्ने बताउनुभयो । 

कार्यक्रममा  न्यू साउथ वेल्स परिषद अवैधानिक वाणिज्य दूत दिपक खड्का, एनआरएन न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, एनआरएन ग्लोबल उपाध्यक्ष मन केसी, झापाली समाजका प्रमुख संरक्षकहरु भवानी ओली, दिनेश पोखरेल, ओएनअफका सदस्य रमेश पाण्डे, रुपन्देही सञ्जालका मुक्तिराम पोख्रेल, पत्रकार ऋषिराज आचार्य, हेन्तराज पौड्याल, पत्रकार हेमन्त काफ्ले, अनेसास संघकी ममता तिवारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

शुभकामना मन्त्व्य राख्दै उहाँहरुले झापाली समाज अस्ट्रेलियाले गृह जिल्लामा गर्दै आएको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको थियो । 
कार्यक्रम समाजका सदस्य अशोक ओलीको स्वागत एवम् सचिव तिर्थराज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।