६ मंसिर, २०८१ बिहिबार

09:07:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकामा आँधी, ६ जनाको मृत्यु

२२ फागुन, २०७८

अमेरिकामा आँधी, ६ जनाको मृत्यु

एएफपी

अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण  दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । एक पत्रकार सम्मेलनमा आँधीले अन्य ४ जना घाइते भएका र  घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु¥याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताउनु भएको छ । 

‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन् । राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्वीट गरेर जानकारी दिएको छ ।आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ  । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र  उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गर्नु भएको छ । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ ।‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ । रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भन्नु भएको छ । 

गत डिसेम्बरमा आएको दर्जनौं विनाशकारी आँधीबेहरीले अमेरिकाको  ५ वटा राज्यहरूमा प्रभावित भएको थियो । यस आँधीमा परी  केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा  ७७ जनाको मृत्यु भएको थियो  । रासस