२० बैशाख, २०८१ बिहिबार

08:20:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपभोक्ता सधै मारमा, ९० रुपैयाँमा किनेर १ सय ५० मा विक्रि गर्दा कसरी हुन्छ घाटा ?

२२ फागुन, २०७८

९० रुपपैयाँ ९४ पैसामा पेट्रोल किनेर १ सय ५० रुपैयाँमा विक्रि गर्दा पनि प्रतिलिटर १६ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

उपभोक्ता सधै मारमा, ९० रुपैयाँमा किनेर १ सय ५० मा विक्रि गर्दा कसरी हुन्छ घाटा ?

काठमाडौं । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० पुगेको छ । भारतीय आयल निगम आईओसीले पेट्रोल प्रतिलिटर ९० रुपैयाँ ९४ पैसामा दिन्छ। ९० रुपपैयाँ ९४ पैसामा पेट्रोल किनेर १ सय ५० रुपैयाँमा विक्रि गर्दा पनि प्रतिलिटर १६ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

एक लिटर पेट्रोल किन्दा ५८ रुपैयाँ ४९ पैसा उपभोक्ताहरुले कर मात्रै तिर्नुपरेको छ ।  निगमका अनुसार भन्सार शुल्क २५ रुपैयाँ २० पैसा, भन्सार सेवा शुल्क ३ पैसा, सडक सम्भार ४ रुपैयाँ, पूर्वाधार विकास १० रुपैयाँ, मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ४२ पैसा, वातावरणमा १ रुपैयाँ ५० र मूल्य अभिवृद्धि कर १६ रुपैयाँ ३४ पैसा कर जोडिन्छ। कर, ढुवानी र डिलरको कमिसन तथा प्रशासनिक खर्च जोड्दा १ सय ६६ रुपैयाँ २८ पैसा पुग्ने निगमले बताएको छ । 

डिजेल, मट्टितेल र एलपी ग्यासमा पनि सरकारले लिने करको दायरा चर्को छ। सरकारले डिजेलमा ४१.१६ रुपैयाँ कर लिने गरेको छ। भन्सार शुल्क १२, भन्सार सेवा शुल्क ०.०३, सडक सम्भार शुल्क २, पूर्वाधार विकास कर १०, मूल्य स्थिरीकरण कोष १.२५, वातावरण शुल्क १.५०, मूल्य अभिवृद्धि कर १४.३८ गरी ४१ रुपैयाँ १६ पैसा कर उठाउने गरेको हो।

सरकारले मट्टीतेलमा भन्सार शुल्क १२, भन्सार सेवा शुल्क ०.०३, मूल्य स्थिरीकरण कोष १.१९ गरी १३.२२ रुपैयाँ कर उठाउँछ। एलपी ग्यासमा भन्सार शुल्क ८१.४५, भन्सार सेवा शुल्क ०.३९, मूल्य स्थिरीकरण कोष १५.७५, मूल्य अभिवृद्धि कर १७६.३५ गरी २७३.९४ रुपैयाँ राजस्व उठाउने गरेको छ। त्यस्तै हवाई इन्धनमा भन्सार शुल्क २.१०, भन्सार सेवा शुल्क ०.०३, मूल्य स्थिरीकरण कोष १.०१, मूल्य अभिवृद्धि कर १३.३५ गरी १६.४९ रुपैयाँ राजस्व उठाउने गरेको छ। 

फागुन १९ गते 
पेट्रोल     ः    १५०
डिजेल     ः    १३३
मट्टीतेल    :    १३३

फागुन ७ गते 
पेट्रोल    :    १४५
डिजेल   ः    १२८
मट्टीतेल  :   १२८

माघ १९ गते 
पेट्रोल    :    १४२
डिजेल   ः    १२५
मट्टीतेल   :   १२५

माघ ५ गते 
पेट्रोल     ः    १३९
डिजेल    :   १२२
मट्टीतेल   ः    १२२