९ मंसिर, २०८१ आइतबार
01:59:15 AM
२१ फागुन, २०७८
अमेरिका
अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करिम खानले जानकारी दिनु भएको छ ।
‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु’, खानले भन्नुभयो । आईसीसीले प्रमाण संकलनमा काम सुरु भएको जनाएको छ । आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्ने जनाएको छ । अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्ने पनि जनाइएको छ ।
गत हप्ता रुसले युक्रेनको पृथकतावादीहरुले स्वघोषणा गरेको डोनेट्स्क र लुहान्स्कका अलग्गिएका गणतन्त्रवादीहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि विशेष अपरेसन सुरु गरेको जनाएको थियो । यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।