६ मंसिर, २०८१ बिहिबार

09:16:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनको रक्षा बजेट २३० अर्ब डलर

२१ फागुन, २०७८

चीनको रक्षा बजेट २३० अर्ब डलर

एएफपी

चीनले सन् २०२२ को रक्षा बजेट करिब ७ प्रतिशतले बढाएको छ । चीनले ७.१ प्रतिशत  वा २३० अर्ब  डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको हो । 

समाचार अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको छ । यसअघि सन् २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट पेश गरेको थियो । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले रक्षा बजेट वृद्धिको कारणमा सकारात्मक आर्थिक विकास र सुरक्षा खतरा भनेको छ ।

चीनका सैन्य विशेषज्ञ फु कियानशाओले ग्लोबल टाइम्ससँग कुरा गर्दै रक्षा खर्च राष्ट्रिय अर्थव्यवस्थाको विकाससँग नजिकबाट जोडिने भएकाले सैन्य खर्च वृद्धिलाई स्वाभाविक भनेका छन् । चीनले हरेक वर्ष रक्षा बजेट बढाउँदै आए पनि यस पटक रुसको आक्रामकतासँग जोडेर हेरिएको छ । जर्मनीले पनि हालै रक्षा बजेट बढाएको थियो ।

सबैभन्दा धेरै रक्षा बजेट छुट्याउने देशहरुको सूचीमा अमेरिका पहिलो स्थानमा छ । चीन दोस्रो, भारत तेस्रो र रुस चौथो स्थानमा छन् ।