२२ बैशाख, २०८१ शनिबार

09:11:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकसय होटेल अनुगमन गर्दा ७.१ प्रतिशतमा गुणस्तरहीन खाना

२७ मंसिर, २०७८

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जम्मा ४२ वटा होटल रेष्टुरेण्ट स्तरीकरण गरेको थियो । होटल स्तरीकरण अनुगमनबाट २ सय ३७ पटक होटल निरीक्षण गरेको थियो ।

एकसय होटेल अनुगमन गर्दा ७.१ प्रतिशतमा गुणस्तरहीन खाना


काठमाण्डौं, मंसिर २७
आर्थिक वर्ष  २०७८/७९ को त्रैमासिक अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल तथा रेष्टुरेण्टको अनुगमन गरेको छ । उक्त  अनुगमन तथा उजुरी तत्काल  सम्बोधन टोली  मार्फत  कारबाही गर्ने निणर्य भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जम्मा ४२ वटा होटल रेष्टुरेण्ट स्तरीकरण गरेको  थियो । होटल स्तरीकरण अनुगमनबाट २ सय ३७ पटक होटल निरीक्षण गरेको थियो । दुईवटा वटा अति उतम पाउन सफल भएको थियो । २३ वटाले  सन्तोषजनक र ७ वटा सामान्य स्तर प्राप्त गरेको  छ । साथै स्तरीकरणमा नपरेका ३ वटा होटल रेष्टुरेण्टको खाना गुणस्तरहीन भएको थियो ।  
कतिपय होटलहरुमा खाना गुणस्तरहीन खाना भेटिएको थियो । धेरै दिन अगाडीको  बासी खाना र सडेगलेका  मासुहरु खानेकुरारु पनि भेटिएको थियो ।  
अगामी दिनमा सुधारका लागि   सुझाव  तथा निर्देशन  दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।