२२ बैशाख, २०८१ शनिबार

03:49:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आधुनिक समयमा स्टार्टअपको बजार

२७ मंसिर, २०७८

स्टार्टअप भनेको एक वा एकभन्दा बढी उद्यमीहरुद्धारा स्थापना गरिएको एउटा युवा कम्पनी हो । जसले संस्थापकहरु वा उनीहरुका साथीहरु र परिवारहरुबाट प्रारम्भिक कोषमार्फत बजारमा नयाँ उत्पादन वा सेवाहरु विकास गर्ने गर्दछ ।

आधुनिक समयमा स्टार्टअपको बजार


काठमाण्डौं, मंसिर २७

विश्वमा आधुनिकिकरण बढेसँगै कुनैपनि व्यवसाय सुरु गर्नु भनेको सजिलो काम भने होइन ।  आज मानिसहरुसँग विभिन्न व्यवसाय गर्ने ज्ञान भएर पनि लगानीको अभावमा चुपचाप बसिरहनु पर्ने अवस्था छ । यस अवस्थालाई न्यूनिकरण गर्न स्टार्टअप सहायक बन्न सक्छ ।
स्टार्टअप भनेको एक वा एकभन्दा बढी उद्यमीहरुद्धारा स्थापना गरिएको एउटा युवा कम्पनी हो । जसले संस्थापकहरु वा उनीहरुका साथीहरु र परिवारहरुबाट प्रारम्भिक कोषमार्फत बजारमा नयाँ उत्पादन वा सेवाहरु विकास गर्ने गर्दछ । उपभोक्ता स्टार्टअपका उदारणहरुमा इन्टाग्राम र स्नैपच्याट समावेश छन् । 
स्टार्टअपमा धेरै मुद्रीकरण गरिएको छैन । तर उपभोक्ताहरुसँग उनीहरुको सर्वव्यावकता र संलग्नताको कारण महत्वपूणर् मूुल्य भने निर्माण गरिरहेको छ ।
स्टार्टअपहरु पनि विभिन्न प्रकारका हुन्छन ।

नेपालका स्टार्टअपहरु स्केलेबल स्टार्टअप, साना व्यवसाय स्टार्टअप, जीवनशैली स्टार्टअप, खरिदयोग्य स्टार्टअप, ठूला व्यापार स्टार्टअप, सामाजिक स्टार्टअप हुन् । स्टार्टअप विचारका लागि चाहिने तीन आधारभूत प्रकारहरु भनेकै नयाँ बजार,नयाँ प्रविधि र नयाँ लाभ हो 
बेस्ट म्याडहनी, पठाओ, नेपाल कम्युनिटर, स्थानीय परियोजना नेपाल, टुटल, सिस्टर्स इन्टरप्राइजेज, नुगा, हिमालयन एलो उद्योग, क्यालिग्राफी सेन्टर लगायत १ सय ६१ वटा स्टार्टअपहरु नेपालबाट चयन गरिएको छ । 


नेपालमा स्टार्टअप सुरु गर्न पहिलो चरणमा अनुमति लाइसेन्सका लागि सम्बन्धित मन्त्रालय वा विभाग निकायबाट आवश्यक स्वीकृति लिनुपर्दछ । दोस्रो चरणमा कम्पनी दर्ता गर्न लगानीकर्ताहरुले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीको उपयुक्त फारम दर्ता गर्नुपर्ने हुन्छ । तेस्रो चरणमा कर कार्यालयमा दर्ता गर्नु पर्दछ । कम्पनी दर्ता पछि लगानीकर्ताहरुले प्यान र भ्याट प्राप्त गर्नु आवश्यक छ । चौथो चरणमा बैंक खाता खोल्नुपर्ने हुन्छ । विदेशी लगानीकर्ताले नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा खाता खोल्नु पर्नेछ ।
आजभोली व्यवसायमा स्टार्टअप किन आवश्यक छ भन्ने कुरा आम मानिसमा चासोको विषय बन्न सक्छ । हामी अहिले वैज्ञानिक युगमा छौ । नयाँनयाँ प्रविधि तथा विभिन्न सिपहरु भित्रने  क्रम जारि छ । यसले नयाँ बजार सिर्जना गर्छ, उत्पादन, सेवा, र विचारहरु प्रस्तुत गरेर पुरानो बजारलाई पूणर् रुपमा रुपान्तरण गर्छन ।