२ मंसिर, २०८१ आइतबार
10:29:26 AM
१७ फागुन, २०७८
काठमाण्डौं
नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ५८ पीसीआर परिक्षणबाट ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणबाट ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण थप २ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ ।
मंगलबार थप ३ सय ५४ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ५७ हजार १सय ६७ जना निको भएका छन् ।
हाल नेपालमा ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेसन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।