४ जेठ, २०८१ शुक्रबार

08:42:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंक र धुलिखेलको आगन्तुक रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

१७ फागुन, २०७८

सम्झौता अनुसार बैंकका कर्मचारी, उनीहरुका परिवार तथा ग्राहकहरुले धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

नेपाल बैंक र धुलिखेलको आगन्तुक रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं

नेपाल बैंक र धुलिखेलको आगन्तुक रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, उनीहरुका परिवार तथा ग्राहकहरुले धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गर्नु भएको हो । बैंकका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकहरुले खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थको बिलमा १५ प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ । 

यस्तै बैंकको डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ।