६ मंसिर, २०८१ बिहिबार

08:39:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुसी केन्द्रीय बैंकको ब्याजदर २० प्रतिशत

Nepal Business

१६ फागुन, २०७८

रुसी केन्द्रीय बैंकको ब्याजदर २० प्रतिशत

रुस र युक्रेन युद्ध भएसँगै यि दुवै देशमा चरम संकट निम्तिने खतरा बढिरहेको छ । रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पुर्याएको हो ।

बीबीसीका अनुसार विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको रुसी मुद्रा रुबलको अवमूल्यन रोक्न र यसबाट भइरहेको महंगी नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय भएको बताइएको छ ।

मस्कोले कम्पनीहरुलाई समेत ८० प्रतिशत विदेशी मुद्रा बिक्री गर्न आदेश दिएको केन्द्रीय बैंक र अर्थ मन्त्रालयले जनाएको छ । केन्द्रीय बैंकले भनेको छ, रुसी अर्थतन्त्रको बाह्य अवस्थामा व्यापक परिवर्तन आएको छ ।

यसैबीच रुसी केन्द्रीय बैंकले ब्रोकरहरुलाई विदेशीले गर्ने सेयर कारोबारमा पनि निलम्बन गर्न आदेश दिएको छ । विदेशीले रुसी लगानीको हिस्सा बेच्न खोजेसँगै यस्तो आदेश दिइएको हो ।