२३ बैशाख, २०८१ आइतबार

12:51:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन सिमेन्टसहित ५ कम्पनीको उत्पादन बिक्री वितरणमा रोक

२६ मंसिर, २०७८

विभागले बजार अनुगमनका क्रममा निर्धारित नेपाल गुणस्तर बमोजिम नभएको भन्दै कारबाही गरेको हो ।

तीन सिमेन्टसहित ५ कम्पनीको उत्पादन बिक्री वितरणमा रोक


सरकारले यसलाई निरन्तरता देला ?
काठमाण्डौं, मंसिर २६
नेपाल गुणस्तर तथा नापतौल विभागले पाँच उद्योगलाई अनुगमन पछि कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा निर्धारित नेपाल गुणस्तर बमोजिम नभएको भन्दै कारबाही गरेको हो । 
हाल नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट उद्योगको उत्पादन बिक्रीमै रोक लगाएको छ । सिरहाको मारुती सिमेन्ट प्रालिद्वारा उत्पादित ओपीसी ४३ ग्रेड, धादिङको युनाइटेड सिमेन्टको उत्पादन ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बा सिमेन्ट प्रालिको उत्पादन पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाएको हो । 
त्यसैगरी श्री ग्यास वान नेपाल प्रालिको एलपीजी बोटलिङको काममा र धनुषास्थित जानकी केवल इन्जिनियरिङ प्रालिको पीभीसी केवल बिक्रीमा पनि रोक लगाएको विभागले बताएको छ । 
प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरेको विभागले जनाएको छ । विभागले यि उद्योगहरुलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिइसकेको पाइन्छ । 
नेपाल गुणस्तर तथा नापतौल विभागको यो कदम स्वागतयोग्य रहेको र अबका दिनमा पनि सरकारले यस्ता कार्यमा निरन्तरता देओस् भन्ने आमनागरिकको माग रहेको छ ।