२५ बैशाख, २०८१ मंगलबार

02:52:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२’ सार्वजनिक, मूल्य कति ?

Nepal Business

१५ फागुन, २०७८

विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२’ सार्वजनिक, मूल्य कति ?

काठमाण्डौं

नेपालमा एमजी (मोरिस ग्यारेज) मोर्टसको आधिकारिक वितरक पारामाउन्ट मोर्टस प्रा.लिले नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभि २०२२’ सार्वजनिक गरेको छ । आइतबार काठमाण्डौंस्थित नक्सालमा एक कार्यक्रम गरी कम्पनीले ‘एमजी जेडएस इभी २०२२’ नेपाली बजारमा भित्र्याएको हो । 

अब ग्राहकहरुले जेडएस इभी खरिद गर्न सक्ने छन् । जेडएस इभीको सुरुवाती मूल्य ५९.९९ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । 

स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरिएन्टमा आउने गाडीमा दुई वटा ब्याट्री प्याक रहेको छ । एउटा ५१.५केडब्लुएच हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९ किलोमिटर छ भने अर्को ७२.६केडब्लुएच ब्याट्री भएको छ । जसको रेन्ज ४४० किलोमिटर छ । यसको ग्राण्ड क्लियरेन्स १७५ मिमी रहेको कम्पनीले जनाएको छ । 

एमजी जेडएस इभी २०२२ को इन्टिेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इनचका टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिसप्ले रहेको कम्पनीले जनाएको छ ।
 
यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरु छन् । यो ८.५ सेकेण्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ । 

एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो विद्युतीय गाडी पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय ह्वील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेको कम्पनीले जानकारी दिएको छ । 

सो गाडीमा पावर्ड ड्राइभर सिट, अटोम्याटिक हेडलाइट र वाइपर, कनेक्टेड कार  टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्कब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । 

यसको चाजिङ पोर्ट एमजी ब्याजका छेउमा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै यसमा मोबाइल वायरलेस चाजिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्टङोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा पनि रहेको कम्पनीले जनाएको छ ।