६ मंसिर, २०८१ बिहिबार
08:49:48 PM
१४ फागुन, २०७८
हाल युक्रेनको राजधानी किभमा भिषण युद्ध भैरहेको छ ।
रुस र युक्रेनबीच चलिरहेको युद्ध मामिलामा अवरोध खडा गरी युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।
युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनी अमेरिकाप्रति संकेत गरेको देखिन्छ ।
हाल युक्रेनको राजधानी किभमा भिषण युद्ध भैरहेको छ । हिजो राति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने जनजीवन कष्टकर बनेको छ । रुसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताउनु भयो ।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गर्नु भएको थियो । उहाँले यसका लागि जनतालाई तयार रहन आग्रह गर्नु भएको थियो ।
युक्रेनले पनि रुसको विमान खसालेको दावी गरेको छ । तर, यसको निस्पक्ष पुष्टि भने भएको छैन । युक्रेनी रक्षा मन्त्रालयले किभमा बस्ने मानिसलाई रुसी सैनिकहरूमाथि आक्रमण गर्न पेट्रोल बम तयार गर्न पनि आग्रह गरेको छ ।