२० बैशाख, २०८१ बिहिबार

11:05:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा कोरोनाविरुद्धको दुई करोड मात्रा खोप लगाइयो

Nepal Business

२५ मंसिर, २०७८

लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूणर्मात्रा खोप लगाए नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ

नेपालमा कोरोनाविरुद्धको दुई करोड मात्रा खोप लगाइयो

 

लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूणर्मात्रा खोप लगाए

काठमाण्डौं, मंसिर २५

कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले बताए अनुसार दुई करोड दुई लाख ३४ हजार ८ सय २२ मात्रा खोप लगाइएको छ ।

त्यसमा एक करोड १० लाख ६६ हजार ४ सय ६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३ सय ५८ जनाले पूणर्मात्रा खोप लगाएका छन् । शुक्रबार सबभन्दा बढी तीन लाख २९ हजार ३ सय २१ जनाले खोप लगाए । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदै छ । हाल लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूणर्मात्राको खोप लगाएका छन । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको जानकारी दिए ।