१३ बैशाख, २०८१ बिहिबार

04:59:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली आमाहरुको रोजाईमा नेपालकै कपडाबाट बनेको शिशु ब्राण्ड (भिडियो सहित)

१३ फागुन, २०७८

नेपाली आमाहरुको रोजाईमा नेपालकै कपडाबाट बनेको शिशु ब्राण्ड (भिडियो सहित)

काठमाण्डौं

मैतीदेवीमा रहेको नेपाल गृहणी उद्योग (शिशु) मा कोटेश्वरकी २६ वर्षीय कोपिला गगुडेल लुगा छान्दै हुनुन्थ्यो । उहाँ गर्भवती हुनुहुन्थयो । सुत्केरी महिला तथा नवजात शिशुका लागि लुगा राम्रो पाउने भएर यहाँ आइपुगेको उहाँले बताउनुभयो ।  ‘मेरो डेलिभरी नजिकै आउँदै छ । त्यसलै आफ्ना र बच्चाका लागि लुगा लिन आएको हुँ, उहाँले भन्नुभयो, यहाँ राम्रो पाइन्छ । त्यसैले आएको हो ।’

आफ्ना बच्चाका लागि लुगा खरिद गर्न कोपिला जस्तै धेरै ग्राहक शिशुमा आउनुहुन्छ । शिशुका  रेगुलर ग्राकह बैङकर काजिराम बस्नेतले पनि आफ्नो बच्चाका लागि कपडा खरिद गर्नुभयो । 

उहाँले प्राय शिशुबाटै आफ्ना बच्चाका लागि लुगा किन्नुहुन्छ । ‘यहाँको लुगा बच्चाका लागि राम्रो लाग्यो । फेरी बच्चाका लागि ढाकाको दउरा सुरुवाल गर्मी जाडोका लागि बच्चालाई राम्रो हुन्छ, बस्नेतले भन्नुभयो, यहाँबाट किन्दा कतिपल्ट त राम्रो भयो, कुनै बेला कपडाको भित्रि कबरहरु अलि कम्जोर रहेछ, एकदुई पटक वास गर्ने वित्तिकै फाटेर जाने भयो । तर बच्चाका लागि भने एकदमै राम्रो छ । क्वालेटी पनि राम्रो बच्चालाई टक्क फिट पनि हुने ।’ आफूले शिशुलाई नेटमा खोजी गरेको उहाँ बताउनुहुन्छ । 

शिशुमा बच्चाका लुगा किन्ने महिलाभन्दा पुरुषको संख्या बढि देखिन्थ्यो । जसमा बस्नत पनि । ‘सुत्केरीका समयमा महिलालाई बाहिर निस्कन गाह्रो हुने । महिलाभन्दा पुरुषलाई बाहिर निस्कन सजिलो भयो । आमा बाहिर निस्कयो भने सानो बच्चालाई नि लिएर हिड्नु पर्यो’, बस्नेतले भन्नुभयो, ‘तर पुरुषलाई त्यस्तो हुँदैन । नेटमा सर्च गर्यो र गयो । लुगा राम्रो लाग्यो भने त्यहिबाट किन्ने ।’

शिशुमा आउने उहाँहरु प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरु जस्तै धेरै ग्राकहरुको रोजाईमा शिशु परेको नेपाल गृहणी उद्योग शिशुका सञ्चालक प्रमिला रिमाल बताउनुहुन्छ ।

रिमालका अनुसार सर्वसाधारण, बैंकर, सेलिब्रेटी, लगायतका सबै वर्गका ग्राहक हुनुहुन्छ । 

सबै वर्गले खरिद गर्न सक्ने र गुणस्तरीय लुगा बनाएकाले ग्राहकहरु एक पटक आएपछि अन्त नजाने रिमाल बताउनुहुन्छ । ‘यहाँ पाइने नवजात शिशु तथा सुत्केरी आमाका लागि चाहिने सबै किसिमका लुगा छन् । ती लुगाको मूल्य पनि अरुको तुलनामा कम छ’, रिमालले भन्नुभयो, ‘मूल्यसँगै सामान पनि गुणस्तर दिइरहेका छौँ । कहिलेकाँही गल्ती हुनसक्छ । त्यसमा पनि ग्राहकहरुले फिड्ब्याक दिनुभयो भने त्यो गल्ती सुधार्ने मौका पाउँछौ । कति ग्राहकहरुले फिड्ब्याक दिनुहुन्छ । हामीलाई खुसी लाग्छ ।’

शिशु मा के–के पाइन्छ ?

शिशुमा नवजात शिशु तथा सुत्केरी आमाको सबै किसिमका तयारी पोशाक पाइने रिमाल बताउनुहुन्छ । भर्खर जन्मेको नवजात शिशु देखि ७ वर्षसम्मको बच्चाका लागि लुगा बनाउने गरेको उहाँ बताउनुहुन्छ ।

‘हामीले नेपाल गृहणी उद्योगमा नवजात शिशु तथा सुत्केरी आमाको सबै किसिमका तयारी पोशाक तयार पार्छौ र शिशुमा बेच्छौँ । यहाँ भोटो सुरुवाल, टोपी, ढाकाका दउरा सुरुवाल सेट, चोलो, तोरी तथा कपासको सिरक, डस्ना, आमाका लागि गाउन, मेक्सी, पाइजामा लगायतका सबै लुगा बनाउन्छौँ’, उहाँले भन्नुभयो, ‘योङ आमाहरुलाई मेक्सी गाउन मन पर्दैन, त्यसैले उहाँहरुका लागि ब्रेस्टफिडिङ गराउन सजिलो हुने टु पिस पनि सिलाउन्छौ ।’ आफूहरुले तयार गर्ने सबै लुगा नेपाली लुगाबाट बनाउने उहाँ बताउनुहुन्छ ।

विभिन्न परम्परागत तर नयाँ डिजाइनका लुगाहरु नेपाल गृहणी उद्योगमा तयार हुन्छन् । ती लुगा करिब २० जना महिलाहरुले तयार गर्नुहुन्छ । गृहणीमा सबै महिला कामदार मात्र रहेको रिमाले बताउनुभयो । ‘उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २० जना जति महिलाले काम गर्नुहुन्छ । सबै महिला नै हुनुहुन्छ । निरन्तर आउने करिब १६ जना हुनुहुन्छ । अप्रत्यक्ष रुपमा हामीले स्वीटर बुन्ने काम पनि गछौँ । महिलाहरुले त्यो काम घरमै गर्नुहुन्छ । सबै मिलाएर २०/२२ जना हुनुहुन्छ’, रिमालले भन्नुभयो । 

नेपाल गृहणी उद्योग कसरी सुरु भयो ?

गृहणी उद्योग वि.स. २०४६ सालमा स्थापना भएको हो । तर प्रमिलाले उद्योग सञ्चालनमा ल्याएको भने करिब २० वर्ष हुन लाग्यो । आफ्नो उद्योग भएपछि आफूले शिशुलाई ब्राण्डका रुपमा अगाडी बढाएको प्रमिलाले बताउनुभयो । उँहाले भन्नुभयो, ‘पहिले एक जना दिदिले चलाउनु हुन्थ्यो, उहाँले छोड्नु भयो, त्यसपछि मैले सुरु गरेको हो । मैले शिशु ब्राण्डको उद्योग बनाएर अगाडी बढाएँ ।’

यस्तै उहाँले अहिले उद्योग तथा व्यवसाय राम्रै चलिरहेको पनि बताउनुभयो । ‘ व्यापार व्यवसाय सुरु गरेपछि उचारचढाव त हुन्छ नै । चुनौती पाइला–पाइलामा आइरहन्छ । तर त्यसलाई धैर्य भएर विवेकपूर्वक काम गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘ व्यवसयमा धेरै कुराले असर गर्छ । २०७२ सालको भुइँचालोले १ वर्ष जति असर गर्यो । अहिले फेरी कोरोनाले सताइरहेको छ । यसले सुरु भइदेखि नै असर गरेको छ । यो असर सबैलाई भएको छ ।’ समस्यासँग जुध्दै समाधान खोज्दै गयो भने सफल भइने उहाँ बताउनुहुन्छ । 

यति मात्र होइन, उहाँले मेहनत, लगन, इच्छा शक्ति र परिवारको साथले फरक क्षेत्रमा पनि सफलता हासिल गर्नुभयो । ‘मैले समाजशास्त्रमा एमए गरेको हो । पढाई अनुसारको काम भएन। यता उद्यमतिर लागियो, उहाँले हाँस्दै भन्नुभयो, ‘जहाँ इच्छा त्यहाँ उपाय भने जस्तो आफूलाई इच्छा भएर त्यसमा लागि पर्यो भने सकिन्छ । नहुने कुरा के छ र ।’

उहाँको सफलताका पछाडि परिवारको पनि त्यति नै हात छ । स्नातकपछि प्रमिलाको विहे भयो । विहेपछि उहाँले समाजशास्त्रमा मास्टर गर्नुभयो । ‘मास्टर सकेपछि टुइन्स बच्चा भए । उनीहरुलाई हर्काउन अलि गाह्रो भायो । तर मेरो जोइन्ट फेमली भएकाले सजिलो भयो’, उहाँले भन्नुभयो, बच्चा स्कुल जाने भएपछि परिवारले नै किन खाली बस्छौँ, केहि गर भन्नुभयो । त्यसपछि उद्यमतिर लागे ।’

यस उद्यममा अहिले पनि उहाँलाई श्रीमानले साथ दिनुभएको छ । सुरुवात देखि नै उहाँलाई श्रीमानको साथ छ । मैले उद्यम सुरु गर्छु भन्दा उहाँ निकै खुसी हुनुभयो र मलाई साथ दिनुभयो । हामीले मिलेर नै काम गरिरहेका छौँ । उहाँले आफ्नो फिल्डको काम हेरेर पनि मलाई धेरै सहयोग गर्नुहुन्छ, उहाँले भन्नुभयो, सबै राम्रै भएकाले दुबै छोराछोरी विदेशमा पढ्छन् । कारोबार पनि राम्रै भइरहेको छ।

योजना ?

मैतीदेवीमा मात्र रहेको यस शिशुलाई अन्य ठाँउमा पनि विस्तार गर्ने योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो । ‘चाडै नै हुन्छ’, उहाँले भन्नुभयो, ‘अन्य ठाँउमा शाखा नभए पनि फोनका भरमा नेपालभर डेलिभरी गरिरहेका छौं ।’