२ जेठ, २०८१ बुधबार

04:23:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गरिमा बैंकका ग्राहकहरुलाई गोल्डस्टार जुत्ताको खरिदमा १५ प्रतिशत छुट

११ फागुन, २०७८

गरिमा बैंकका ग्राहकहरुलाई गोल्डस्टार जुत्ताको खरिदमा १५ प्रतिशत छुट

काठमाण्डौं  । 

गरिमा विकास बैंक र गोल्डस्टारबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले गोल्डस्टारका जुत्ता खरिद गर्दा अब १५ प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको हो । 

बैंकका अनुसार ग्राहकहरुले जुत्ता खरिद वापत विद्युतीय भुक्तानी गरेमा छुट पाउनेछन् । 

सो सम्झौता अनुसार गोल्डस्टारको आधिकारिक इ–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुने बताइएको छ। अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा यो अफर लागू नहुने बैंकले जानकारी दिएको छ । 

बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।