२ जेठ, २०८१ बुधबार

11:44:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल बैंक र बिएन्डबी अस्पतालबीच छुट सम्बन्धी सम्झौता

१० फागुन, २०७८

नेपाल बैंक र बिएन्डबी अस्पतालबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं

नेपाल बैंक र बिएन्डबी अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकलाई काठमाडौँको बिएन्डबी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइने भएको हो । 

उक्त सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट हुनेछ । यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवामा १० प्रतिशत छुट हुने व्यवस्था सम्झौतामा छ । 

उक्त सम्झौता पत्रमा  बिएन्डबी हस्पिटलका तर्फबाट प्राडा अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गर्नुभएको हो । 

अस्पतालका बाँस्कोटाले बिएन्डबी हस्पिटलले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारी एवं ग्राहकलाई न्यूनतम शुल्कमा उच्चस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेको बताउनुभयो । 

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बिएन्डबी हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्नुभयो।