६ मंसिर, २०८१ बिहिबार

09:22:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युक्रेनका दुई क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको रुपमा मान्यता, के भन्छ विश्व समुदाय ?

१० फागुन, २०७८

 युक्रेनका दुई क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको रुपमा मान्यता, के भन्छ विश्व समुदाय ?


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउनु भएको  छ । 

जुन क्षेत्रमा सन २०१४ देखि रुसले समर्थन गरेका स्वघोषित जनगणतन्त्र पृथकतावादी विद्रोही डोनेट्स्क र लुह्यान्सक को पकड जमाइराखेका थिए ।   पछिल्लो समय शान्ति वार्ताका कारण युद्धविराम जारी रहेको उक्त क्षेत्रलाई पुटीनले स्वतन्त्र राज्य घोषणा गर्नुभएको हो । एक आदेशमा हस्ताक्षर गर्दै उहाँले शान्ती स्थापनाको लागि यी दुवै क्षेत्रमा रुसी सेनाले भूमिका निर्वाह गर्ने समेत उल्लेख गर्नु भएको छ । 

जुन कदमलाई अन्तराष्ट्रिय समुदायले रुसी बलको पूर्वी युक्रेनमा प्रवेश गर्ने बहानाको रुपमा आंकलन गरेका छन ।रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताउनु भएको छ ।

त्यस्तै रुसको यस्तो व्यवहार युक्रेनको सम्प्रभुता र त्यसको एकताको घोर उल्लंघन भएको बताउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले  रुसले अन्तर्राष्ट्रिय नियमलाई राखेको तथा गलत लक्षण र अँध्यारोमा धकेलेको संकेतको रुपमा ब्याख्या गर्नुभएको छ । साथै रुसको यस कदमको विरुद्ध बेलायतले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

युरोपियन युनियनले  रुस–युक्रेन संकटमा युक्रेनको समर्थनमा भएको प्रतिबद्धता जताउँदै एकजुटता र मजबुतीले जवाफ दिइने जनाएको  छ ।

रुसी सेना पुर्वी युक्रेनका ति क्षेत्रमा शान्ति स्थापनाको लागि प्रवेश गर्ने भन्ने कुरालाई ठाडो अस्विकार गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनल रुसको यो कदमलाई बकवासको संज्ञा दिनु भएको छ।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पुर्वी युक्रेनका विद्रोहितर्फ संकेत गर्दै रुसले युक्रेनमा रुसी चरहरूले नियन्त्रण गरेका पृथक्तावादी क्षेत्रहरूलाई समर्थन गरेको आरोप लगाउनु भएको छ। ब्लिङ्कनले तथाकथित राज्यहरूको स्वतन्त्रतालाई रुसले मान्यता दिनु लज्जाजनक कार्य भएको टिप्पणी समेत गर्नु भएको छ ।
विश्व समुदायले रुसको यो कदमलाई हमलाको योजनाको रुपमा व्याख्या गरिरहेको अवस्थामा रुसले भने त्यसलाई अस्विकार गर्दै आएको छ ।