२० बैशाख, २०८१ बिहिबार

07:31:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने दुई कम्पनी सिल

१० फागुन, २०७८

विभागले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.लाई सिल गरेको हो ।

अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने दुई कम्पनी सिल

काठमाण्डौ
खाद्य तथा गुण नियन्त्रण विभागले अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने दुई वटा कम्पनीलाई सिल गरेको छ । विभागले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.लाई सिल गरेको हो । 
ललितपुर महानगरपालिकाको महाशाखाको विशेष टोलीले अखाद्य वस्तु उत्पादन एंव बिक्री वितरण गरेको आरोपमा ४४ वर्षिय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको हो ।
श्रेष्ठले माघ ६ गते गुणस्तरहीन मह उत्पादन गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

विभागका अनुसार भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोया सस ६ कार्टुन, चिउरा ३८ बोरा, चकलेट पाउडर ४० बोरा, टेम्पोर २० कार्टुन, एसिटिक एसिड ७ ड्रम र क्रफ्टर पाउडर ७ कार्टुन अखाद्य वस्तुहरु नष्ट गरिएको हो । 

श्रेष्ठले खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमती समेत नलिई विगत ३ वर्ष देखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई  फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएका थिए । 
गुणस्तरहीन वस्तु उत्पादन तथा बिक्री वितरणको सूचना प्राप्त भएपछि यस महाशाखाबाट खटि गएको विशेष टोलीले श्रेष्ठलाई पक्राउ गरी कारबाहीका लागि स्थानीय जनप्रतिनिधि तथा खाद्य विभागको रोहबरमा  दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरिएको हो । 

विभागका अनुसार भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोया सस ६ कार्टुन, चिउरा ३८ बोरा, चकलेट पाउडर ४० बोरा, टेम्पोर २० कार्टुन, एसिटिक एसिड ७ ड्रम र क्रफ्टर पाउडर ७ कार्टुन अखाद्य वस्तुहरु नष्ट गरिएको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा  ३ वर्ष पुरान म्याद नाघेका कुकिजहरुबाट पुनः बटर चकलेट, काजु कुकिज बनाई बिक्री वितरण गर्दै आएको, अत्यधिक सडेगलेका पाउरोटीहरुलाई सुकाएर पुनः कुकिज बिस्कुटहरु बनाई बेच्ने गरेको, म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याएको खुलेको छ ।