२ मंसिर, २०८१ आइतबार

05:25:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बिनोद कुमार यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर

९ फागुन, २०७८

काठमाण्डौं

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालिन ल्याब इनचार्ज बिनोद कुमार यादवले नक्कली पीसीआर रिपोट नक्कली बनाएको पाइएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर  गरेको छ । 

आइतबार विज्ञप्ती मार्फत अख्तियारले राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरुको स्वाब संकलन गरी अनाधिकृत रुपमा रकम समेत लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन आफु खुशी तयार पारी उपलब्ध गराउनुका साथै पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ आएको भनी गलत रिर्पोट बनाउने गरेकाले उनी विरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता भएको जानकारी दिएको हो । 

पूर्णपाठ सहित