२० बैशाख, २०८१ बिहिबार

06:10:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोल प्रतिलिटर १ सय ४५ रूपैयाँ, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च

Nepal Business

८ फागुन, २०७८

पेट्रोल प्रतिलिटर १ सय ४५ रूपैयाँ, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च

काठमाडौं ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले  बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च हो ।