२३ बैशाख, २०८१ आइतबार

06:17:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मानवअधिकार उल्लङ्घनका घटनामा सुधार आएन

८ फागुन, २०७८

मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । सन् २०२२ को तथ्याङ्कानुसार ३२० महिला र ७६ पुरुषमा गरी ३९६ ज्यादतिका घटनाबाट पीडित भएका छन् ।

मानवअधिकार उल्लङ्घनका घटनामा सुधार आएन

कर्णाली । कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् ।
सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए ।

मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक गरेको वर्ष पुस्तक सन् २०२२ को तथ्याङ्कानुसार ३२० महिला र ७६ पुरुषमा गरी ३९६ ज्यादतिका घटनाबाट पीडित भएका छन् ।

सन् २०२० मा मानवअधिकार उल्लङ्घनका घटनामा सात महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए । उक्त वर्षमा ज्यादतिका घटनामा ३३२ महिला र ९४ पुरुषसहित ४२६ पीडित भएका थिए ।

इन्सेकको तथ्याङ्कलाई आधार मान्दा प्रदेशको मानवअधिकारमा सामान्य सुधार आए पनि कारागारमा मृत्यु हुने, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी दर्ता भएको पाइन्छ । जातीय विभेदका घटना भने धेरै भएको देखिन्छ । सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु, २० महिला र १४ पुरूष गरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ पीडित भएको इन्सेकको अभिलेखमा पाइन्छ ।

मानवअधिकार उल्लङ्घनका घटनाबाट यहाँका ८३ बालिका र एक बालकसमेत पीडित भएका जनाइएको छ । उल्लङ्घनका घटनामा सबैभन्दा बढी महिला पीडित भएको देखिएको संयोजक सुवेदीले बताउनुभयो । यसअन्तर्गत महिला हिंसाका घटनामा २०५, बलात्कारमा ८०, बलात्कार प्रयासका घटनामा छ र यौन दुव्र्यवहारका घटनामा २९ गरी ११५ जना पीडित रहेको इन्सेकको अभिलेखमा पाइन्छ ।