२ मंसिर, २०८१ आइतबार
05:17:15 PM
७ फागुन, २०७८
काठमाण्डौं
पछिल्लो २४ घण्टामा देशभर थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी १ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ