२५ बैशाख, २०८१ मंगलबार

02:31:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारलाई चिनीको आपूर्ति र मूल्य नियमन गरिदिन आग्रह

७ फागुन, २०७८

नेपालमा वार्षिक २ सय ८० लाख मेट्रिक टन चिनीको आवश्यकता छ।

सरकारलाई चिनीको आपूर्ति र मूल्य नियमन गरिदिन आग्रह

 
काठमाण्डौं
राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको आपूर्ती व्यवस्थापन र मूल्यमा नियमन गर्न सरकारलाई आग्रह गरेको छ ।  मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै उत्पादकको दवावमा चिनीको मूल्य बढेको दावी गरेको छ। चिनी उत्पादकको उक्साहटमा अत्याधिक मात्रामा लगाइएको भन्सार महसुलको कारणले बजारमा मूल्य बढी पर्न गएको जनाइएको छ। 

नेपालमा वार्षिक २ सय ८० लाख मेट्रिक टन चिनीको आवश्यकता छ। हाल नेपालमा १३ वटा चिनी उद्योग रहेका छन् । यिनले वार्षिक १ सय ८० लाख मेट्रिक टन चिनी उत्पादन गर्छन् । किसानलाई समयमा उखुको भुक्तानी नदिने,  मिल सञ्चालन नगर्ने र मिल नै बन्द गर्ने गर्दा उद्योगबाट उत्पादन हुने चिनीको बजारमा जहिल्यै पनि अभाव हुने गरेको छ। उत्पादन र आवश्यकताका बीचमा तालमेल नमिल्दा वर्षेनी १ सय लाख मेट्रिक चिनी आयात भइरहेको छ। 

भारतीय बजारमा ३५ देखि ३८ रुपैयाँमा पाउने चिनी नेपालमा १ सय रुपैयाँ  प्रतिकिलो पर्दछ । स्वदेशी चिनी उद्योगीले आपूर्ति व्यवस्थामा नै असहज हुने गरी गैरजिम्मेवार काम गरी सरकारलाई दबाब दिएर चिनीको थोक मूल्य बढाउन लागेकोमा मञ्चले आपत्ति जनाएको छ ।