२४ बैशाख, २०८१ सोमबार

07:50:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनीको आपूर्ति व्यवस्थापन र मूल्य नियमन गर्न नेपाल उपभोक्ता मञ्चको माग

Purnima BK

६ फागुन, २०७८

काठमाण्डौं

नेपाल उपभोक्ता मञ्चले चिनीको आपूर्ति व्यवस्थापन र मूल्य नियमन गर्न सरकारसँग माग गरेको छ । उपभोक्ता अन्तरार्ष्ट्रिय बजारको तुलनामा नेपालमा चिनीको मूल्य अत्याधिक भएको हुँदा उपभोक्ता मञ्चले मूल्य नियमनका लागि सरकारसँग माग गरेको हो । 

‘नेपालमा विगत ४ बर्षदेखि अन्तराष्ट्रिय बजार मूल्यको तुलनामा अत्याधिक मात्रामा चिनीको मूल्य वृद्धि भई रहेको छ । नेपाली जनताको दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको र नेपाल सरकारले समेत अत्यावश्यक वस्तुको सूचिमा रहेको चिनीको मूल्य बढनुमा यहाँका उत्पादकहरुको मनपरी र तिनीहरुकै दबावमा अत्याधिक मात्रामा लगाइएको भन्सार महसुलको कारणले नेपाली बजारमा चिनीको मूल्य बढी रहेको कुरा राष्ट्रिय उपभोक्ता मन्चले धेरै पटक नेपाल सरकारलाई लिखित रुपमा निवेदन गर्दै आएको व्यहोरा प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौँ’, उपभोक्ता मञ्जको विज्ञप्तीमा उल्लेख छ । 

उपभोक्ता मञ्चका अनुसार नेपालमा बार्षिक कूल आवश्यकता २८० लाख मेट्रिक चिनीको आवश्यकता पर्दछ भने स्वदेशमा रहेका १३ वटा चिनी उद्योगहरुले करिव १८० लाख मेट्रिक टन मात्र उत्पादन गर्ने गर्दछ । त्यस्मा पनि समयमा किसानलाई उखुको भुक्तानी नदिने, समयमा मिल सञ्चालन नगर्ने र मिल नै बन्द गर्ने जस्ता कामले चिनीको बजारमा जहिल्यै पनि अभाव हुने गरेको उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिनुभयो । यसरी उत्पादन र आवश्यकताकोबीचमा तालमेल नहुँदा नेपालमा वर्षेनी करिव एक सय लाख मेट्रिक टन चिनी विदेशबाट आयात गरिन्छ ।

नेपालमा चिनी मूलतः भारत र पाकिस्तानबाट आयात हुने गर्दछ । भारतीय बजारमा नै ३५ देखि ३८ रुपैयाँमा पाउने चिनी नेपाली जनताले प्रतिकेजी एक सय रुपैयाँ तिरेर उपभोग गर्न बाध्य रहेको उहाँको भनाई छ ।

विगतको सरकारले व्यवसायी तथा उद्योगीहरुको अगाडी निरिह भएर तिनीहरुकै दबावमा आयातित चिनीको भन्सार महसुल बढाएका कारण बजारमा चिनीमो मूल्य बढेको उहाँले बताउनुभयो । चिनी आयातको भन्सार शुल्क  विगतमा १५ प्रतिशत मात्र रहेकोमा ४५ प्रतिशत गरेको पनि उहाँले बताउनुभयो । जसका कारणले अहिले उपभोक्ताहर निकै मारमा परेको उहाँले बताउनुभयो ।