२ मंसिर, २०८१ आइतबार
08:15:54 PM
४ फागुन, २०७८
काठमाण्डौं
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र २ हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालभर १८ हजार २ सय ५१ संक्रिय संक्रमित रहेका छन्।