२ मंसिर, २०८१ आइतबार

08:29:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वास्थ्या मन्त्रीले ५ हजारमा खोप लगाएको भनेर जनतालाई ढाँटेको एमालेको आरोप, नैतिकताका आधारमा राजीनामा दिन माग

४ फागुन, २०७८

एमालेले प्रस्तुत गरेका दस्तावेज समाचारको तल राखिएको छ ।

 स्वास्थ्या मन्त्रीले ५ हजारमा खोप लगाएको भनेर जनतालाई ढाँटेको एमालेको आरोप, नैतिकताका आधारमा राजीनामा दिन माग

काठमाण्डौ । 
नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाले केहिदिन अघि विभिन्न टेलिभिजनमा आफू स्वंयमले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगश भट्टराईले विज्ञप्ति जारी गर्दै  ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ झुटो रहेको उल्लेख गरिएको छ । मन्त्रीले तत्कालिन समयमा सरकारले खोप व्यवस्थापन गर्न नसकेको र जथाभावी विक्रिवितरण भईरहेको भन्दै टेलिभिजनका संवाददातालाई आफ्नो भनाई राख्नुभएको दृश्य विज्ञप्ति सहित पठाइएको छ ।

एमालेले मन्त्री जस्तो जिम्मेवार पदमा रहेर झुट बोलेको भन्दै नैतिक रुपमा मन्त्री पदबाट राजीनामा दिन समेत माग गरेको छ । 

तत्कालिन समयमा सांसद रहेका खतिवडा अहिले एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नुभएका खतिवडाले २४ हजार खोप हराएको बारे प्रतिक्रिया दिँदा यस्तो बताएको सन्दर्भ टेलिभिजनबाट प्रशारित समाचारमा प्रस्तुत छ । 

खतिवडाले पहिलो मात्रा खोप सिभिल अस्पतालमा २०७७ फागुन १९ गते लगाएको अभिलेख सहित एमालेले विज्ञप्ति जारी गर्दै तत्कालिन समयमा कुनै पनि खोप हिनामिनाह नभएको बताएको छ । मन्त्री खतिवडाले संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको प्रमाण एमालेले पेश  गरेको छ । 

सांसदहरुका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले मन्त्री जस्तो जिम्मेवार पदमा रहेर झुट बोलेको भन्दै नैतिक रुपमा मन्त्री पदबाट राजीनामा दिन समेत माग गरेको छ । 

यसैबीच केही समय अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ हजार खोपको कुनै तथ्यांङक नरहेको बताएपछि खोप हराएको तथ्य बाहिर आएको थियो । खोप हराएको तथ्य वाहिर आएपछि मन्त्री खतिवडाले यसबारे छानविन समिति गठन गर्नुभएको थियो ।

समितिले प्रतिवेदन समेत बुझाई सकेको छ । तर प्रतिवेदनका बारेमा मन्त्रीले आफै जानकारी गराउने बताएपछि छानविन समितिका सदस्यहरुले यस बारे कुनै प्रतिक्रिया दिएका छैनन् । 

टंङ स्लिप भएको मन्त्रीको सचिवालयको प्रतिक्रिया 

मन्त्रीको सचिवालयलाई यसबारे बुझ्दा मन्त्रीले पिसिआर परिक्षण गराएको भन्न खोजेपनि त्यो समयमा टंङ स्लिप भएको प्रतिक्रिया दिएको छ । सचिवालयले उहाँले केही टेलिभिजनका संवाददातासंग कुरा गर्दा पिसिआर भन्नुपर्नेमा अन्यथा भएको प्रतिक्रिया दिएको हो ।