२ मंसिर, २०८१ आइतबार
10:05:57 PM
३ फागुन, २०७८
काठमाडौँ । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्कनुभएको छ । नेपालका राजनीतिक नेतृत्वमा रहने देखी आम नागरिकले जोशीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
केही दलका नेताहरुले जोशीलाई भेटेरै सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो भने धेरैले आफ्नो सामाजिक सञ्जाल मार्फत सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
गत साता ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा भर्ना भएका जोशी जोशी सोमबार पाटनस्थित निवासमा फर्कनुभएको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।