८ मंसिर, २०८१ शनिबार
05:17:56 PM
२ फागुन, २०७८
फागुन । यो साता विश्वभर खोप किन्न नसक्ने देशहरूलाई दान दिइएको खोपको मात्रा एक अर्ब पुगेको छ। तर अझै विश्वको ४० प्रतिशत जनसङ्ख्याले खोपको कुनै पनि मात्रा पाउन सकेको छैन।
अहिलेसम्म विश्वमा ११ अर्ब मात्रा खोप उत्पादन भएको छ, जुन सबै वयस्क जनसङ्ख्यालाई दुई मात्रा दिन सकिने सङ्ख्या हो।
अहिलेसम्म विश्वमा ११ अर्ब मात्रा खोप उत्पादन भएको छ, जुन सबै वयस्क जनसङ्ख्यालाई दुई मात्रा दिन सकिने सङ्ख्या हो।
त्यसो भए के गलत भयो जसले गर्दा यथेष्ट खोप भए पनि झन्डै आधाले खोप नै पाएनन् । ूअहिले पनि ७० प्रतिशतभन्दा धेरै खोप जीट्वेन्टी समूहका देशमा गइरहेको छ जसको अर्थ अन्य १७५ देशले त्यो गुमाइरहेका छन्, विश्व स्वास्थ्य सङ्गठनको दूत रहेका यूकेका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले भने।
फलस्वरूप अधिकांश धनी देशहरूले आफ्नो जनसङ्ख्याको ६० प्रतिशतभन्दा धेरैलाई खोप दिइसकेका छन्। कम आय भएका देशमा भने खोप पाउनेको औसत प्रतिशत १० छ।
कोभ्याक्स अभियान सन् २०२० मा गरिब देशहरूलाई खोपमा समान पहुँच दिन सकियोस् भनेर खडा गरिएको छ। तर गत वर्षको पहिलो छ महिना खोप पाउनका लागि उग्र प्रतिस्पर्धा भयो । दान दिइएका एक अर्बको एक तिहाईजति खोप अहिलेसम्म मानिसहरूलाई दिइएको छैन। कति खोप काम लागेनन् भन्ने अझै स्पष्ट छैन। विविसी