२ मंसिर, २०८१ आइतबार
10:20:07 PM
२ फागुन, २०७८
काठमाण्डौं
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ७४७ जनामा पुष्टि भएको छ । यसैगरी यस अवधिमा निको हुनेको संख्या २ हजार ३ सय १९ पुगेको छ । यस अवधिमा मृत्यु हुनेको संख्या ८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।