२० बैशाख, २०८१ बिहिबार

12:47:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका १० प्रतिशत धनीले कुल सम्पतिको तीन चौथाइ

२२ मंसिर, २०७८

वल्ड इनइक्वालिटी ल्याबले सार्वजनिक गरेको प्रतिवेदनले १० प्रतिशत धनीसँग औसतमा प्रति व्यक्ति ७ लाख ७१ हजार ३०० डलर (करीब रु.९ करोड ३३ लाख) बराबरको सम्पत्ति भएको देखाएको छ ।

विश्वका १० प्रतिशत धनीले कुल सम्पतिको तीन चौथाइ

विश्वको कुल जनसङ्ख्यामध्ये १० प्रतिशत धनीसँग संसारको कुल सम्पत्तिको ७६ प्रतिशत हिस्सा र गरीब ५० प्रतिशत नागरिकसँग कुल सम्पत्तिको २ प्रतिशत मात्रै हिस्सामात्र रहेको विश्व असमानता प्रतिवेदन २०२२ ले जनाएको छ । 
वल्ड इनइक्वालिटी ल्याबले सार्वजनिक गरेको प्रतिवेदनले १० प्रतिशत धनीसँग औसतमा प्रति व्यक्ति ७ लाख ७१ हजार ३०० डलर (करीब रु.९ करोड ३३ लाख) बराबरको सम्पत्ति भएको देखाएको छ । संसारको कुल जनसङ्ख्यामध्ये गरीब ५० प्रतिशतसँग भने औसतमा प्रति व्यक्ति ४ हजार १०० डलर (करीब रु.चार लाख ९६ हजार) बराबरको मात्रै सम्पत्ति रहेको छ । 
प्रतिवेदनले १० प्रतिशत धनीले सन् २०२१ मा विश्वको कुल आम्दानीको ५२ प्रतिशत हिस्सा लिएको र गरीब ५० प्रतिशतको भागमा भने विश्वको कुल आम्दानीको जम्मा ८ प्रतिशत मात्रै परेको थियो ।
प्रतिवेदनका अनुुसार यूरोप सबैभन्दा कम असमानता भएको क्षेत्रका रूपमा देखिएको छ । यूरोपमा धनी १० प्रतिशतले कुल आम्दानीको ३६ हिस्सा ओगट्दा मध्यम तहका ४० प्रतिशतले कुल आम्दानीको झण्डै ४८ प्रतिशत हिस्सा ओगटेका छन । मध्यपूर्व र अफ्रिकी क्षेत्रमा संसारमै सबैभन्दा धेरै असमानता रहेको जनाइएको छ ।  
प्रतिवेदनमा भारत संसारमै उच्च असमानता भएको मुलुकमध्ये एक भएको देखाएको छ । भारतमा १ प्रतिशत धनीले कुल सम्पत्तिको २२ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै १० प्रतिशत धनीको भागमा कुल सम्पत्तिमध्ये ५७ प्रतिशत हिस्सा छ । भारतमा ५० प्रतिशत जनसङ्ख्यासँग कुल सम्पत्तिमध्ये १३ प्रतिशत मात्रै हिस्सा छ । सन् २०२१ मा १० प्रतिशत धनीले ११ लाख ६६ हजार भारु आम्दानी गर्दा ५० प्रतिशत जनसङ्ख्याले जम्मा रु.५३ हजार ६१० भारु मात्रै आम्दानी गरेका थिए ।
 चीनमा पनि गरीब ५० प्रतिशतले कुल आम्दानीको १४.४ प्रतिशत हिस्सा ओगट्दा धनी १० प्रतिशतले कुल आम्दानीको ४१.७ प्रतिशत हिस्सा ओगट्छन् । 
उक्त प्रतिवेदनमा नेपालको तथ्यांक उपलब्ध उल्लेख गरिएको छैन ।