३ मंसिर, २०८१ सोमबार

12:27:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना रोकथामका लागि ६ महिनामा १० अर्ब खर्च

२८ माघ, २०७८

कोरोना रोकथामका लागि ६ महिनामा १० अर्ब खर्च

काठमाण्डौं
सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोरोना भाइरस रोकथामका लागि करिब १० अर्ब खर्च भएको जनाएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन देखि पुस सम्मको अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि खर्च भएको हो ।


कूल खर्चमध्ये संघीय सरकारले सबैभन्दा धेरै खर्च गरेको छ । संघीय सरकारले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । सातवटा प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च गरेका छन् भने ६ करोड ६६ लाख रुपैयाँ स्थानीय तहले खर्च गरेका छन् । 

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको थियो । सोही समयमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेका थिए ।