८ मंसिर, २०८१ शनिबार
04:49:29 PM
२८ माघ, २०७८
डोटी
डोटी जिल्लाका २७ हजार तीन सय विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको मोडर्नाको दोस्रो मात्रा लगाएका छन् । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दास्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
डोटीमा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । यहाँका नौ वटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिनुभयो ।